सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बुबालाई प्रहरीले ०८१ असोज २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी रेशम बोहराले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १९ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको अस्पतालका प्रमुख महममद नुरुल होदाले बताउनु भयो ।