आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा अछाम जिल्लाका ५५ मतदानस्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले निष्कर्षनिकालेको छ ।
१ सय ९७ मतदानस्थलमध्ये सुरक्षाका हिसावले ५५ अति सम्वेदनशील, ६५ सम्वेदनशील र नौ सामान्य गरी तीन प्रकारमा वर्गिकरण गरिएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिएका छन् ।
दल र तिनका भातृ सङ्गठनद्वारा हुनसक्ने असुरक्षासम्बन्धी गतिविधि, निर्वाचन नचाहने ‘तत्व’ तथा भौगोलिक विकटतालाई विश्लेषण गरी तीन तहमा मतदानस्थलको सुरक्षा विश्लेषण गरिएको समितिले जनाएको छ ।
मतदानस्थलको सुरक्षा अवस्थालाई हेरेर सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी चौधरीले बताए । प्रतिनिधि सभातर्फदुई निर्वाचन क्षेत्र रहेको अछाम जिल्लामा आउँदो मङ्सिर २१ गते निर्वाचन गर्ने कार्यक्रम छ ।