INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपि गिरफ्तार

सुस्त मनस्थिति भएकी ४७ वर्षीया महिलालाई कात्तिक १८ गते बलात्कार गरको आरोपमा प्रहरीले रामेछाप नगरपालिका-८ का २२ वर्षीय मनोज तामाङलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।

राम्रोसँग बोल्न नसक्ने र मानसिक सन्तुलन पनि ठिक नभएकी ती एकल महिलालाई आरोपित तामाङले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको शरीरभरी चोटपटक र निलडाम भएकाले बलात्कारसँगै हत्याको प्रयास पनि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार बलात्कार घटनाका आरोपित तामाङ लागु पदार्थ सेवन गर्ने र धेरै पटक चोरी गरेको आरोपमा यसअघि पनि बारम्बार गिरफ्तार परेका थिए ।

आरोपित तामाङलाई देख्ने वित्तिकै पीडित महिला डराउने र रूने गरेपछि स्थानीयले सोधपुछ गरी प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २० गते जिल्ला अस्पताल रामेछापमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो