INSEC Online

📅 २०८३ जेष्ठ २२

चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएको गाडीमा तोडफोड

कास्कीको क्षेत्र नम्बर ३ का उम्मेदवारले चुनावी प्रचारप्रसारका लागि प्रयोग गरेको गाडीमा कात्तिक २१ गते राति अज्ञात समूहले तोडफोड भएको छ ।

एमाले उम्मेदवार जगत बिकले प्रयोग गरेको ग १ य ७२८ हरियो नम्बरप्लेटको स्कर्पियो गाडीको पछाडिको सिसा फुटेको प्रहरीले जनाएको छ ।

प्रचारप्रसार सकेर पोखरा न्युरोडमा खाना खान रोकेको अवस्थामा गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यलय, कास्कीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा एक जनालाई सोही समयमा प्रहरीले नियन्त्रणमा लिएको तर मानसिक स्वास्थ्यबाट पीडित व्यक्ति भएकाले सामान्य सोधपुछ गरी छाडेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्कबहादुर खत्रीले बताए ।

अन्य

भिडियो