निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उमेदवार राजेन्द्र बजगाइँ र प्रदेश सभाका समानुपातिक उम्मेदवार हरिबहादुर घलले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कात्तिक २० गते उजुरी परेको छ ।
कात्तिक २० गते बजगाइँ उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाको विभिन्न क्षेत्रमा निर्वाचन प्रचारमा गएको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एमालेले छुट्टाछुट्टै उजुरी दिएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।
‘हेलिकप्टर प्रयोग गरेर प्रचारप्रसार गरियो भन्दै उजुरी परेको छ । अनुमति लिएर हेलिकप्टर प्रयोग भएको वा होइन भनेर हामीले उमेदवारसँग लिखित जबाफ मागेका छौँ ।’-पौडेलले भने ।