१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–६ का २४ वर्षीय रामनारायण चौधरी र धनगढी उपमहानगरपालिका–७ का २३ वर्षीय विनोद चौधरीलाई ०८१ असोज ८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई असोज ७ गते आरोपितद्धयले बलात्कार गरेपछि असोज ८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी पदमबहादु विष्टले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।