INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५१ वर्षीय बाबुलाई असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाकी आमाले असोज ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताउनु भयो

पीडित बालिकालाई आरोपितले विगत ६ वर्षदेखि बलात्कार गरेको र अन्तिम पटक ०८० माघ २८ गते बलात्कार गरेको भनी पीडित पक्षले उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ७ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो