२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा यशोधरा गाउँपालिका–८, सेहखोरका २४ वर्षीय कनैयाप्रसाद धोवीलाई प्रहरीले ०८१ असोज ६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि बहादुर वलीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।