३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मलंगवा नगरपालिका-६ खुटौनाका ३८ वर्षीय बलदेव राय यादवलाई ०८१ असोज ५ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई ०८१ साउन २६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध भदौ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।
आरोपितलाई असोज ५ गते गिरफ्तार गरी असोज ६ गते जिल्ला अदालतबाट एक साताको म्याद थप गराई घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।