INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद

२३ वर्षीया महिलालाई अपहरण गरी शरीर बन्धक बनाई सामूहिक बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका-१ का ३१ वर्षीय जयकरण यादव, ३४ वर्षीय जङ्गीलाल राय यादव र मलंगवा नगरपालिका-१२ का २८ वर्षीय राम प्रवेश भनिने राम विनोद रायलाई जिल्ला अदालत सर्लाहीले ०८१ असोज ६ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले आरोपितहरूलाई तीन/तीन वर्ष कैद सजाय र ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितहरूले ०७९ वैशाख ४ गते अपहरण गरी सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध ०७९ साउन २२ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकोमा प्रहरीले साउन २५ गते उजुरी दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ साउन २६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपितहरू पुर्पक्षका लागि सिन्धुली जिल्ला कारागारमा रहेको श्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।

अन्य

भिडियो