१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित नवराजपुर गाउँपालिका-३ का १८ वर्षीय धर्मेन्द्रकुमार यादवविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ असोज ६ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश ईश्वरमणी ओझाको एकल इजलासले सो फैसला गरेको हो ।
आरोपितले बालिकालाई ०७६ मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा मङ्सिर २९ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर २९ गते भएको थियो ।
आरोपितविरुद्ध ०७७ मङ्सिर २३ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए तापनि आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।