INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नरहा गाउँपालिका-४ का २१ वर्षीय रमेशकुमार यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ असोज ४ गते उजुरी दिनु भएको छ ।

आरोपितले ०८१ साउन ११ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असोज ४ गते भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार आरोपित फरार रहेकोले खोज तलास भइरहेको छ ।

अन्य

भिडियो