प्रहरी हिरासतबाट फरार भएका नौ जना थुनुवाहरू मध्ये चार जना थुनुवाहरू ०८१ असोज ७ गते औरही गाउँपालिकास्थित मैनाथपुरबाट गिरफ्तार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन फोडी ०८१ असोज ६ गते बिहान फरार भएका लागू औषध मुद्दाका आरोपित सिराहा जिल्लाको सिराहा नगरपालिका-१३ का ३३ वर्षीया रोशन मण्डल, जनकपुरधाम उपमहानगरपालिका-४ का २२ वर्षीय बिक्कि कार्की, अभद्र व्यवहार मुद्दाका आरोपित औरही गाउँपालिका-२ का २३ वर्षीय अभास्कर कुमार यादवलाई औरही गाउँपालिकाको मैनाथपुरबाट र जलेश्वर नगरपालिका-५ का २८ वर्षीय सत्यम झालाई जनकपुरधामको जनकचोकबाट प्रहरीले पुनः गिरफ्तार गरेको छ । थुनुवा कक्षबाट फरार भएका नौ जना मध्ये हालसम्म चार जनालाई पुन: गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले जानकारी दिनु भयो ।
फरार थुनुवाहरूलाई पुन: गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान गरिरहेको र फरार भएका अन्य थुनुवाहरूको खोजी कार्य भइरहेको डिएसपी आवाले बताउनु भुयो ।