३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्विचरण नगरपालिका-६ का ४३ वर्षीय एक पुरुषलाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०८१ भदाै ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि असोज ४ गते घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
पीडित र आरोपितबिच काका भतिजीको नाता भएकाले प्रहरीले परिचय गोप्य राखेको छ।
पीडित महिलाकाे स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ५ गते गरिएको छ ।