कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ ।
कोशी प्रदेश सरकारको ०८१ असोज ४ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन असोज ४ गते मध्यरातिदेखि अन्त्य गर्नुभएको हो ।
अधिवेशनले आर्थिक वर्ष २०८१-८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन २१ ओटा बैठक बसि अन्त्य भएको छ ।
