INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–४ स्थायी घर भई चौतारा साँगाचोकगढी नपा–५ स्थित बहुप्राविधिक विद्यालयमा अध्ययनरत १८ वर्षीय वीरेन्द्र शाहीलाई असोज २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० चैत १८ गते बलात्कार गरेको भनी पीडितको तर्फबाट ०८१ असोज १ गते पीडितका काकाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १ गते चौतारा अस्पतालमा गरिएको छ । बलात्कार पीडित बालिका गर्भवती भएको थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।

अन्य

भिडियो