१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-८ का २६ वर्षीय लालेश्वर दासविरुद्ध जिल्ला प्रहरी कार्यालयले ०८१ भदौ २८ गते उजुरी दर्ता गरेको छ ।
पीडितका बुबाले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी व्यारेज घुमाउन लगी आरोपितले भदौ १४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा भदौ २३ गते उजुरी दिनुभएको थियो ।
एक्लै खेततर्फ गइरहेका बेला आरोपितले ललाईफकाई मोटरसाइकलमा चढाई हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी व्यारेज घुमाउन लगी व्यारेज नजिक झाडीमा बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ २३ गते भयो ।
आरोपित हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको डिएसपी ढुण्डिराज नेउपानेले बताउनु भयो ।