INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारत घर भइ भरतपुर ५ मा अस्थायी वसोवास गर्ने १९ वर्षीय सुमन पटेललाई १० वर्ष कैदको फैसला गरेको छ ।

न्यायधीश पुष्पराज थपलियाको भदौ ३१ गतेको इजलासले १० वर्ष कैद, १ लाख रुपियाँ क्षतिपूर्ति र ५ लाख रुपियाँ जरिबानाको फैसला गरेको हो ।

पीडित बालिकालाई पटेलले ०८० फागुन ८ गते बलात्कार गरेको भनी फागुन ९ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।

अदालतका सूचना अधिकारी श्रेष्तेदार विष्णु आचार्यले जरिबानाको चार प्रतिशत पीडित राहत कोषमा रहने भनी फैसला भएको बताउनु भयो ।

अन्य

भिडियो