३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका–२ का २२ वर्षीया दिलिप राईलाई भदौ २८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरीले कार्यालयमा भदौ २६ गते उजुरी दिएको थियो ।
पीडित महिलाको उजुरीपछि आरोपित राईलाई अनुसन्धानको लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २६ गते त्रिशूली अस्पतालमा गरिएको छ ।