१४ वर्षीय बालिकालाई बलात्कार गरी गर्भधारण गराएको आरोपमा रौतहट जिल्ला बगई गाविस-३ घर भई हेटौँडा उपमहानगरपालिका-४ मा बस्दै आएका २३ वर्षीय धीरज ठाकुरलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई गत वैशाख ५ गते ठाकुरले बलात्कार गरेको आरोप छ । पीडितका अभिभावकले ०७३ भदौ ३ गते जिल्ला अस्पताल हेटौँडामा स्वास्थ्य परीक्षण गर्दा बालिका गर्भवती भएको खुलेको थियो ।
पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा ०७३ भदौ ४ गते उजुरी दिएका थियो ।