२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिका–३ का २४ वर्षीय दिपेन्द्र बमलाई प्रहरीले ०८१ भदौ २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १६ गते जिल्ला अस्पतालमा भयो ।