INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

थवाङ गाउँपालिका–२, जाजरकोट छेर्लावाङ टोलका ७१ वर्षीया सारु रोकालाई हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय रामकुमार रोकालाई प्रहरीले ०८१ भदौ २४ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिजय चापागाईंका अनुसार सामान्य विवादमा आरोपितले मदिरा सेवन गरेर भरुवा बन्दुकको कुन्डाले टाउकोमा हानेर हत्या गरेका थिए । सामान्य विवाद हुँदा रोकाको हत्या भएको भन्दै पीडित पक्षले भदौ २५ गते इलाका प्रहरी कार्यालय, थवाङमा उजुरी दिएको र घटना बारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी चापागाईंले इन्सेकलाई जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल, रेउघामा भइरहेको छ ।

अन्य

भिडियो