१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शैलुङ गाउँपालिका–४ का ३६ बर्षीय इन्द्रवहादुर सुबेदीविरुद्ध भदौ २३ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ वैशाखदेखि असार २६ गतेसम्म पटकपटक बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते पशुपति चौलागाई अस्पताल चरिकोटमा गरिएको छ । आरोपित फरार रहेकाले खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सत्रुधनकुमार महतोले बताउनु भयो ।