INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका-४ का ३० वर्षीय दलबहादुर भूजेललाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ ३ गते बलात्कार गरेको भनी पीडितकी आमाले भदौ २० गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएपछि सोही उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विरेन्द्रकुमार यादवले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २० गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको छ ।

अन्य

भिडियो