सुनकोशी गाउपालिका—२ ठोकर्पाकी १५ वर्षीया सन्ध्या रोक्कालाई उक्साएर आत्महत्या गराउन बाध्य गराएको आरोपमा सोही ठाउँकी २६ वर्षीया उर्मिला रोक्कालाई ०८१ भदौ १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितको शव ०८१ भदौ १ गते घरभन्दा केहि पर धानखेतको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
पीडितपक्षको तर्फबाट मृतकका दाजु रमेश रोक्काले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयका दिएको उजुरी पछि घटनाको अनुसन्धान शुरु गरिएको डिएसपी निरञ्जन भट्टराइले बताउनुभयो ।
आरोपित महिलालाई प्रहरी अनुसन्धानको शिलशिलामा मृतकले लेखेर राखेको चिठिका आधारमा आत्महत्या दुरुत्सान गरेको ठहर गर्दै गिरफ्तार गरेको डिएसपी भट्टराइले बताउनुभयो ।
सोही घटनामा पीडितपक्षले दिएको उजुरीको आधारमा बालिका पढ्दै गरेको ठोकर्पा माविका एक जना शिक्षकलाई पनि प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको थियो । प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई हाल अनुसन्धानको लागि प्रहरी हिरासतमा राखेको छ ।
गिरफ्तारमा परेका शिक्षक र मृतक बालिका बीच विवाह सम्बन्ध गराउन सहयोगी भूमिका निभाएको र शिक्षकसँग विवाह नगरे शिक्षकसँग भएको सम्बन्ध समेत सार्वजनिक गरिदिने धम्की आरोपित उर्मिला रोक्काले दिएकाले पीडितले मर्नु अघि लेखेको पत्रमा उल्लेख गरिएको छ ।
शवको पोष्मार्टम भदौ २ गते चौतारा अस्पतालमा भएको थियो ।