INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८ का ४६ वर्षीय दधिराम लम्साललाई प्रहरीले ०८१ भदौ १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १७ गते सार्वजनिक बाटोमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शङ्कर पोख्रेलले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १८ गते गुल्मी अस्पताल, तम्घासमा भयो ।

अन्य

भिडियो