१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिका-१ का ३१ वर्षीय शम्भुधन राईलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र अन्तिम पटक ०८० फागुन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि भदौ १५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १५ गते गरिएको छ।