INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धक घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरेको आरोपमा शिवराज नगरपालिका–७, जौवाभारीका २१ वर्षीय नुर मोहम्द मुसलमान, सोही ठाउँका ७६ वर्षीय मोहम्द मुस्तफा, ४० वर्षीय जनतुन मियाँ र २० वर्षीय अक्सर अलि मियाँ विरुद्ध इलाका प्रहरी कार्यालय, गणेशपुरमा ०८१ भदौ १२ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितहरूले ०८१ जेठ २ गतेदेखि अपहरण तथा शरीर बन्धक गराएको भन्दै पीडितको दाजुले इलाका प्रहरी कार्यालय, गणेशपुरमा उजुरी दिनुभएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा फरार आरोपितहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वलीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १२ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो