पूर्विचौकी गाउँपालिका–५ उपरकाँडाकी ४५ वर्षीया नरु साउदको ०८१ भदौ ५ गते हसियाले घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति पदी साउदलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।
पत्नीको घाँटी रेटेर हत्या गरेको स्थानीयहरुले जानकारी गराएपछि आरोपित पतिलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका डिएसपी भिमलाल भट्टराईले बताउनु भयो ।
पारिवारिक बिबादका कारण यस प्रकारको दुःखद घटना हुनगएको प्रारम्भिक सूचना प्राप्त भएको र शवको पोष्टमार्टम भदौ ६ गते जिल्ला अस्पताल, डोटीमा गरी आफन्तको जिम्मा लगाइएको डिएसपी भट्टले बताउनु भयो ।