INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा सैनामैना नगरपालिका–३ घर भइ रेडियो मलमलाका स्टेशन म्यानेजर ४१ वर्षीय टीकाराम खराललाई प्रहरीले ०८१ भदौ ५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले भदौ १ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो