INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत विहार घर भइ हाल भरतपुर महानगरपालिका–२१ बस्ने २१ वर्षीय सागरकुमार तिवारीलाई प्रहरीले भदौ १ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपित तिवारीविरुद्ध भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी भेषराज रिजालले बताउनु भयो ।

आरोपितविरुद्ध जिल्ला अदालत चितवनमा यौन दुर्व्यवहारको कसुरमा भदौ २ गते मुद्दा दर्ता भई अनुसन्धान भइरहेको डिएसपी रिजालले जानकारी दिनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ १ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो