इलाका प्रहरी कार्यालय, अनारमनीका थुनुवा दमक नगरपालिका-२ स्थित बेलडाँगी शरणार्थी शिविरका २५ वर्षीय विशाल राई उपचारका क्रममा फरार भएको प्रहरीले जनाएको छ ।
भुटानी शरणार्थी शिविर सेक्टर जीथ्रीका २५ वर्षीय विशाल राई ०८१ भदौ २ गते लागु औषध कारोवार गरेको अवस्थामा विर्तामोड बसपार्कबाट गिरफ्तार भएका थिए ।
अनुसन्धानका लागि हिरासतमा रहेको अवस्थामा भदौ ४ गते पेटमा समस्या भएको बताएपछि प्रहरीले विर्तामोडस्थित पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो ।
उपचारका क्रममा सुरक्षामा खटिएका प्रहरी हवल्दार बमबहादुर खड्कालाई छलेर भदौ ४ गते हत्कडी फ्यालेर थुनुवा राई फरार भएको इलाका प्रहरी कार्यालय, अनारमनीका असई प्रकाश विष्टले बताउनु भयो । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।