INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–८ गाउँ धनगढीका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेनालाई ०८१ भदौ ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ४ गते यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताएपछि आरोपित विरुद्ध भदौ ४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितका आफन्तले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर लोकेन्द्रसिंह कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो