१८ र १९ वर्षीया दुई जना युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा-११ का २८ वर्षीय देव पुर्वे र २५ वर्षीय सन्तोष भण्डारी मालीविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले कात्तिक ११ गते उजुरी दिएको छ ।
पीडित पक्षका अनुसार पीडितद्वयलाई आरोपितद्वयले कात्तिक ९ गते बलात्कार प्रयास गरेका थिए । पीडित यूवतीहरूको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्ताल लहानमा कात्तिक ११ गते भएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीका अनुसार आरोपितहरू फरार रहेकोले खेजतलास भइरहेको छ ।