तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-८ का १८ वर्षीय सन्तोष साहलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ भदौ १ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८१ साउन २० गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ १ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा भदौ १ गते भयाे ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दिपक कुमार सिहंले बताउनु भयो ।