दाङको घोराहीबाट ११ जना श्रमिक बालबालिकाको उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको राससले जनाएको छ ।
घोराही उपमहानगरपालिका, युनिसेफको सहयोग र हिमालय शान्ति तथा विकास अभियानले घोराहीका विभिन्न पसलमा काम गर्दै आएका बालबालिकालाई उद्धार गरी परिवारमा पुनःस्थापना गरेको हो ।
उद्धार गरी परिवारमा पुनःस्थापना गरिएका बालबालिकामा घोराही-४ का विशाल परियार, प्रमोद सुनार, घोराही-१८ का दीपक डाँगी, युवराज डाँगी, घोराही-१२ का मञ्जु केसी, यमुना नेपाली, सदर नेपाली र सन्तोष रावत रहेका छन् ।
त्यसैगरी, घोराही– ७ का कमला चौधरी, घोराही-५ का सुरेश परियार र घोराही १० का निशान्त चौधरीलाई श्रमबाट उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको हो ।
ती बालबालिकालाई शौक्षिक सामग्रीसहित परिवारलाई आयआर्जनका लागि रु १६ हजार ५ सय समेत सहयोग गरिएको छ ।
बालबालिकालाई पढाउने र सहयोग रकमले आर्थिक उपार्जन गर्ने सहमतिमा उनीहरूलाई सहयोग गरिएको अभियानका अध्यक्ष विकिरण गौतमले जानकारी दिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले शैक्षिक सामग्री, नगद सहित बालबालिकाहरुलाई परिवार र सम्बन्धित वडा अध्यक्षहरुको जिम्मा लगाएकी थिइन् ।