INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई आर्थिक प्रलोभन देखाएर बन्धक बनाइ बेचबिखनको प्रयास गरेको आरोपमा प्रहरीले लमजुङ घर भई पोखरा महानगरपालिका–१६ बस्ने २२ वर्षीया सरु बिक, सोही ठाउँकी ३४ वर्षीया भगवती अधिकारी र ३१ वर्षीय चिनिया नागरिक जि मिङ चेनलाई साउन २९ गते गिरफ्तार गरेको छ ।

बालविवाह र बन्धक बनाएको भएपनि प्रहरीले बेचबिखन तथा ओसारपसारको कसुरमा आरोपितहरूलाई अनुसन्धान गरेको जनाएको छ ।

चिनिया नागरिकसँग विवाह गराइदिएको आरोपमा चिनियाँ नागरिक एक जना र विवाह गराइदिने दुई जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले बताउनु भएको छ ।

साउन १३ गते यी दुई महिलाले ती बालिकालाई फकाएर पोखरा विन्ध्यावासीनी मन्दिरमा विवाह गराइदिएको पीडित बालिकाले साउन २९ गते दिएको उजुरीमा उल्लेख गरेकी छन् । विवाहपछि लेकसाइड होटलमा पु¥याएपछि सोही रात बालिका भागेर काठमाडौँ पुगेकी प्रहरीले जनाएको छ । बालिका पोखरा आएर साउन २९ गते मात्र उजुरी दिएकी हुन् ।

बिक र अधिकारीले चेनसँग आर्थिक लाभ लिई ती बालिकासँग विवाह गराइदिएको प्रहरीले जनायो । चिनिया नागरिक चेन ९० दिनको भिजिट भिसामा नेपाल आएको पनि प्रहरीले जानकारी दिएको छ ।

अन्य

भिडियो