INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लमही नगरपालिका–९ की ४३ वर्षीया इश्वरी कुमालको कुटपिट गरी हत्या गरेको आरोपमा पति ४४ वर्षीय पति चक्रबहादुर भन्ने श्यामकुमार कुमाललाई प्रहरीले ०८१ साउन ३० गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका कारण पत्नीलाई कुमालले साउन २९ गते राति मादक पदार्थ सेवन गरेर कुटपिट गरी हत्या गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद तिमल्सिनाले इन्सेकलाई जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम साउन ३० गते लमही अस्पतालमा गरी परिवारले सोही दिन बुझेको छ ।

अन्य

भिडियो