१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लोहरपट्टी नगरपालिका-४ का ३२ वर्षीय रामकेवल यादवविरुद्ध ०८१ साउन २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ ।
पीडितलाई साउन १६ गते आरोपितले बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २७ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो।
घटनापश्चात आरोपित फरार भएकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिनु भयो ।