१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले कात्तिक ८ गते इलाका प्रहरी कार्यालयमा बुटवलमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई कात्तिक ८ गते नै गिरफ्तार गरिएकोइलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराइले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ८ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।