२६ वर्षीया महिलालाई पनौती नपा–७ को सुकुटी कर्नर एण्ड खाजा घरमा काम दिई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले साउन २३ गते दुई जना होटल सञ्चालकलाई गिरफ्तार गरेको छ ।
प्रहरीले छापा मारी धादिङ धुनिवेशी नपा–५ घर भई पनौती नपा–७ को सुकुटी कर्नर एण्ड खाजा घरका सञ्चालक ३१ वर्षीया बिमल लामा तामाङ र दाङ जिल्ला घोराही उपमहानगरपालिका–१० घर भई पनौती नपा–५ बस्ने २४ वर्षीया सविता नेपालीलाई गिरफ्तार गरेको जनाएको छ ।
आरोपित दुवैले होटलमा वेटरको काम लगाउने भनी पीडितलाई बोलाएर होटलमा आउने ग्राहकहरूसँग जबरजस्ती यौन कार्यमा लगाएको पीडितले आरोप लगाएकी छन् ।
पीडितले साउन २४ गते इलाका प्रहरी कार्यालय बनेपामा मानव बेचविखन तथा ओसारपसार शीर्षकमा लिखित उजुरी दिएकी छन् । आरोतिहरूलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदीले बताउनु भयो ।