INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई साउन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पनौती नगरपालिका–८ सुन्थानका १९ वर्षीय रोहित गिरीलाई साउन २३ गते गिरफ्तार गरेको छ ।

पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बनेपामा साउन २० गते उजुरी दिएपछि सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

त्यसैगरी १७ वर्षीया बालिकालाई साउन १८ गते बलात्कार गरेको आरोपमा प्रहरीले महाभारत गाउँपालिका–१ घर भई बनेपा नगरपालिका–८ इट्टाभट्टा नजिक बस्ने २० वर्षीय टङ्क रानामगरलाई साउन १९ गते गिरफ्तार गरेको छ ।

पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बनेपामा साउन २० गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १८ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो