INSEC Online

📅 २०८३ जेष्ठ २१

खोटाङका २८ मतदानस्थल अति सम्वेदनशील

खोटाङमा आगामी मङ्सिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि २८ ओटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी बताएका छन् ।

१ सय ३६ मतदानस्थल र १ सय ७५ मतदान केन्द्रमध्ये २८ ओटा मतदानस्थल अति सम्वेदनशील, ५४ ओटा मतदानस्थल सम्वेदनशील र ५४ ओटा सामान्य रहेको सुरक्षा प्रमुखको विश्लेषण छ ।

विगतको घटनाक्रम, भूगोल, दलहरूबिचको अस्वस्थ प्रतिस्पर्धालाई सुरक्षा चुनौतिको रूपमा लिएर सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ अधिकारीले बताए । प्रदेश र प्रतिनिधि सभा मतदानका लागि १ लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए ।

अन्य

भिडियो