INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकी प्रदेशमा तीन महिनाको अवधिमा ७१ जना पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) गण्डकी प्रदेश कार्यालयले तीन महिनाको अवधि (सन् २०२४ अप्रिल–जुन अर्थात ०८० चैत १९ गतेदेखि ०८१ असार १६ गतेसम्म) मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट प्रदेशमा पाँच जना पुरुष र ६६ जना महिला गरी ७१ जना पीडित भएको तथ्याङ्क ०८१ साउन १८ गते सार्वजनिक गरेको छ।

इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अन्यपक्षबाट कुटपिटका घटनामा एक जना पुरुष र एक जना महिला गरी दुई जना पीडित भए। अन्यपक्षबाट दुई जना पुरुष र पाँच जना महिला गरी सात जनाको हत्या भएकाे सार्वजनिक गरिएकाे प्रतिवेदनमा उल्लेख छ ।

बाल अधिकारका घटनामा दुई जना बालक र १८ जना बालिका गरी २० जना बालबालिका पीडित भए। जसमा बलात्कार घटनामा १३, बेचबिखन तथा ओसारपसार घटनामा एक जना, याैनदुर्व्यवहार  घटनामा पाँच जना र विद्यालयमा दिइने शारीरिक सजायका घटनामा एक जना पीडित भएकाे प्रतिवेदनमा उल्लेख छ ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, दुव्र्यवहारका घटनामा ४० जना महिला पीडित भए। जसमा बलात्कारका घटनामा पाँच, बहुविवाहबाट एक जना, बलात्कारको प्रयासका घटनामा एक जना,  याैनदुर्व्यवहार  घटनामा एक जना र घरेलु हिंसाबाट ३२ जना महिला पीडित भएको अभिलेखसहितको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको हो ।

इन्सेक गण्डकी प्रदेशले हरेक तीन/तीन महिनामा समग्र मानव अधिकारका अवस्थालाई विश्लेषण गर्दै मानव अधिकार स्थिति सूचक प्रकाशन गर्दै आएको छ ।

अन्य

भिडियो