INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकी प्रदेशमा डेङ्गुबाट ५ सय २४ जना सङ्क्रमित

गण्डकीका अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । गण्डकी प्रदेशमा मात्र डेंगुका ५ सय २४ जना डेङ्गुका बिरामी भेटिएका हुन् । डेङ्गु सङ्क्रमणबाट साउन १० गते एक जनाको मृत्यु भएको छ । तनहुँका ४८ वर्षीय पुरुषको डेङ्गु सङ्क्रमणबाट पोखराको अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका चिकित्सा सेवा महाशाखा प्रमुख डाक्टर रमेश केसीले जानकारी दिनुभयो ।
पछिल्लो हप्ता मात्र डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेको स्वास्थ्य निर्देशनालय जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्कीमा डेङ्गुका बिरामी सबैभन्दा बढी देखिएका छन् । कास्कीमा २ सय १२ जना डेंगुका बिरामी भेटिएका हुन् । तनहुँमा १ सय ५, बागलुङमा ६५, लमजुङ ५०, म्याग्दी ३६, गोरखा २७, स्याङ्जा २७, पर्वत आठ, नवलपुर पाँच र मनाङमा एक जनामा डेङ्गु सङ्क्रमित भएको निर्देशनालय डाक्टर केसीले जानकारी दिए । मुस्ताङमा भने डेङ्गुका बिरामी भेटिएको छैन । निर्देशनालयले सार्वजनिक गरेको यो तथ्याङ्क साउन १४ गतेसम्मको मात्र हो ।

डेङ्गुका बिरामी बढ्न थालेसँगै अस्तालको ओपिडी कक्षमा भिड लाग्ने थालेको अस्पताल प्रशासनले जनाएको छ । अधिकांश बिरामीमा जरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता देखिएपछि अस्पताल आउनेहरू बढी छन् ।

वर्षासँगै बढेको अत्याधिक गर्मीका कारण पनि डेङ्गुका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको डाक्टरहरु बताउछन् । एक्कासी जरो देखिएपछि अस्पताल आइपुगेका अधिकांशलाई डेङ्गु सङ्क्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले जटिल खालका बिरामीलाई विशेष परीक्षण गर्ने निर्देशन समेत दिएको छ । गर्मीयाम, आकाशबाट आएको पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फूल पार्ने हुँदा डेङ्गुका बिरामी बढेको हुन सक्ने डाक्टरहरू बताउछन् ।

अन्य

भिडियो