INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या हुनु भएकी ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिकाका-९ का २६ वर्षीय आशिष  प्राङदेनलाई गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८१ साउन १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १४ गते गरिएको छ ।

त्यसैगरी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका-१ का २८ वर्षीय अमृत गुरूङलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ साउन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि साउन १३ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १३ गते गरिएको छ ।

अन्य

भिडियो