डाक्टरले लापरबाही गरेका कारण बेलौरी नगरपालिका—२ का १७ वर्षीय नसिभ चौधरी उपचारका क्रममा डाक्टरले लापरबाही गर्दा ०८१ साउन १२ गते मुत्यु भएको भन्दै आफन्त तथा स्थानीयहरुले धनगढी उपमहानगरपालिका–१ स्थित नोभा अस्पतालमा तोडफोड गरेका छन् ।
डाक्टर तथा अस्पताल प्रशासनका कारण चौधरीको मृत्यु हुनगएको भन्दै आक्रोशित आफन्त तथा स्थानीयहरुले अस्पतालमा ढुङ्गा प्रहार गर्दा अस्पताल भवनका सिसाहरु फुटेका छन् । बिरामीको मृत्यु हुनुमा डाक्टर तथा अस्पतालको कुनै दोस् नभए पनि मृतका आफन्तले आक्रोशित भई अस्पतालमा ढुङ्गामुडा गर्दा १५ लाख रुपियाँ बराबरको क्षतिभएको नोभा अस्पतालका प्रशासकीय अधिकृत गीता खत्रीले बताउनु भयो ।
साउन ७ गते उपचारका लागि आउनु भएका चौधरी सामान्य चोकजाँच गरेर परीक्षा दिन भनेर घर फर्किनुभएको भए पनि कडाखालको जन्डीक्स भएका चौधरीको स्वास्थ्यमा थप समस्या देखिएपछि साउन ८ गते पुनःअस्पतालमा ल्याइएको र चेकजाँच गर्दा उहाँको स्वास्थ्य अवस्था जटील देखिएकोले थप उपचारका लागि कोहलपृुर मेडिकल कलेज रेफर गरी एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्युभएको प्रशासकीय अधिकृत खत्रीले बताउनु भयो ।
अस्पतालमा तोडफोड हुन थालेपछि प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा आन्दोलनकारी तर्फका बेलौरी नगरपालिका–२ का लक्ष्मण बुढाको खट्टुा भाचिएको, अजय बुढाको टाउँकोमा चोट लागेको र १२ जना प्रहरी समेत समान्य घाइतेभएका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गंगादत्त बडुले बताउनु भयो । झडपमा परी घाइते भएका लक्ष्मण र अजयको धनगढीस्थित सारथी अस्पतालमा उपचार भइरहको समेत इन्स्पेक्टर बडुले बताउनु भयो ।
बुहारीलाई भर्ना गरेर उपचार भइरहेको अवस्थामा अस्पतालमा तोडफोड हुन थालेपछि अन्य बिरामीहरुलाई समेत समस्या उत्पन्न भएको कैलारी गाउँपालिकाकी हनुमानी चौधरीले बताउनु भयो । उपचारकै क्रममा बिरामीको मृत्यु भएपछि भौतिक संरचनामा क्षति पुर्यानु भन्दा घटनाको छानविनको माग गर्नु पर्ने उहाँले बताउनु भयो ।
उपचारका लागि नोभा अस्पतालमा भर्ना गरिएको भए पनि स्वास्थ्य उपचारमा डाक्टरले लापरबाही गरेका कारण चौधरीको मृत्युभएको मृतकका आफन्त फुलराम चौधरीको आरोप छ ।
नोभा अस्पताल प्रशासनले पीडित पक्षलाई १३ लाख रुपियाँ उपलब्ध गराउने सहमति भएपछि साउन १३ गते सेती प्रादेशिक अस्पतालमा शवको पोष्टमार्टम गरी आफन्तहरुले शव बुझेर दाहासस्कार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर बडुले बताउनु भयो ।
