INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्व न्यायाधीश दासको संयोजकत्वमा छानबिन आयोग गठन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले उठान गरेका मागको सम्बोधन गर्दै नेपाल सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्रलाल दासको संयोजकत्वमा आन्दोलनबारे छानबिन आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को भदौ २ गते बसेको बैठकले तराई-मधेश आन्दोलनका क्रममा क्षति भएको निजी तथा राष्ट्रिय सम्पत्तिको तथ्य सङ्कलन एवम् छानबिन गर्न पूर्व न्यायाधीश दासको अध्यक्षतामा सात सदस्यीय आयोग गठन गरेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकपछि सञ्चारकर्मीलाई सो जानकारी दिएका हुन् । आयोगका अन्य सदस्यमा भने प्रधानमन्त्रीको समन्वयमा गृहमन्त्रालयले नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।

बैठकले सोही आन्दोलनका क्रममा मृत्यु भएका ४१ जना आन्दोलनकारी तथा ११ जना सुरक्षाकर्मी गरी ५२ जना मृतकका परिवारलाई प्रति परिवार रु १० लाख दिने निर्णय गरेको छ । तर, सरकारले १० लाख दिने भनिएका मृतकका परिवारलाई पूर्ववर्ती सरकारले दिइसकेको यस अघि नै सार्वजनिक भइसकेको छ ।

अन्य

भिडियो