१५ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा भारत देशका ३५ वर्षीय ओमप्रकाश चमार हरिजन र ३४ वर्षीया रुपा चमार हरिजनलाई प्रहरीले ०८१ साउन १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले साउन ९ गते यातना दिइ बिक्रिका लागि भारत लगेको भन्दै पीडित पक्षले साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भिमबहादुर कार्कीले इन्सेकलाई जानकारी दिनुभयो ।
त्यसैगरी पीडित बालिकालाई उद्धार गरी अभिभावकको जिम्मा लगाएको इन्स्पेक्टर कार्कीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन १० गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भयो ।