आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—४ का २८ वर्षीय रविन्द्र श्रेष्ठलाई साउन ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले प्रलोभनमा पारी यौन दुर्व्यवहार गर्ने गरेको थाहा पाएपछि साउन ९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितका बुबाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर उपेन्द्रबहादुर बमले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।